बलिउडका महानायक अमिताभ बच्चनले दिल्ली हाइकोर्टमा एउटा अनौठो विषयका लागि निवेदन दर्ता गराएका छन् । भारतका विभिन्न कम्पनीहरुले अनुमति नलिइ आफ्नो नाम, आवाज तथा व्यक्तित्व प्रयोग गरिरहेकाले त्यसलाई रोक्नका लागि उनले यस्तो निवेदन दिएका हुन् ।
बच्चनले यस प्रकारका गतिविधिहरु विगत लामो समयदेखि हुँदै आइरहेको पनि बताएका छन् । उनी आफ्नो हकमा पब्लिसिटी र पर्सनालिटी राइट्स चाहन्छन् । प्रख्यात पब्लिक फिगर भएको नाताले अमिताभ बच्चन आफ्नो अनुमति बिना कसैले पनि आफ्नो परिचयलाई प्रयोग नगरोस् भन्ने चाहन्छन् ।
यसैबीच, अदालतले अमिताभ बच्चनलाई यस विषयमा राहत दिएको छ । सार्वजनिक रुपमा प्रयोग भएको अमिताभ बच्चनका नाम, फोटो तथा पर्सनालिटी ट्रेट्सलाई तुरुन्त हटाउनका लागि अदालतले सम्बन्धित निकायलाई निर्देशन जारी गरेको छ । यसका सार्थै अदालतले भारतका टेलिकम सर्भि प्रोभाइडरहरुसंग ती फोन नम्बरका बारेमा जानकाी दिन भनेको छ, जुन बच्चनको नाम तथा आवजको उपयोग गरिरहेका छन् ।
वास्तवमा अमिताभ बच्चनका नाम, आवाज तथा व्यक्तित्वलाई केही कम्पनीहरुले गलत तरिकाले प्रयोग गरिरहेका छन् । महानायकले अदालतमा दर्ता गराएको निवेदनमा जसले त्यस्तो काम गरिरहेका छन्, त्यो गलत भएको उल्लेख गरेका छन् ।
अर्कोतिर, सामाजिक सञ्जाल प्लेटफर्ममा अमिताभ बच्चनको नामको एउटा चिठ्ठा पनि चलाइएको छ, जसको प्रमोशनल ब्यानरमा उनको फोटो पनि राखिएको छ । यसबाहेक त्यसमा केबीसीको लोगो पनि छ । उक्त ब्यानर मानिसहरुलाई भ्रमित गर्नका लागि बनाइएको हो, जसमा कुनै यथार्थ नभएको बताइन्छ ।
अमिताभ बच्चनले विज्ञापन कम्पनिहरुविरुद्ध प्रचार अधिकारहरु उलंघन गरेको आरोप लगाएका छन् । आफ्नो अनुमति नै बिना विभिन्न विज्ञापनमा उनलाई प्रयोग गर्नु गलत भएको अभिनेताको भनाइ छ । यदि ती विज्ञापन कम्पनीहरुले अमिताभ बच्चनको नाम तथा आवाज प्रयोग गर्नुछ भने त्यसका लागि उनको अनुमति लिनु पर्नेछ ।
कतिपय अवस्थामा अभिनता बच्चनको आत्मसम्मानमा ठेस पुग्ने कार्य समेत भएकाले उनले अहिले आएर आफ्नो अनुमितबिना आफ्ना तस्बिर, आवाज तथा व्यक्तित्वलाई प्रयोग नगर्न तथा नगराउन अदालतमा निवेदन दिएका हुन् ।