एक बर्ष अगाडि नेपाल प्रदर्शनमा आएको फिल्म ‘शुभलभ’ लन्डनमा पनि प्रदर्शनमा आएको छ । बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म बेलायतका विभिन्न शहरमा गरेर महिनासम्म प्रदर्शन हुनेछ ।
फिल्म आइतबार साउथ हयारोस्थित गोल्डेनसीप हलमा आयोजित शोमा दर्शकको उल्लेख्य सहभागीता रहेको निर्देशक सन्तोष लोहनीले जनाए ।
फिल्मका निर्माता धर्मराज सुवेदी हुन् । फिल्म शोमा एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का, गुल्मी जिल्ला समाज युकेका सल्लाहकार गोकर्ण बस्नेत, थर्ड आइका विकास देवकोटा, मिसेस नेपाल टिम, स्थानीय कलाकार र सर्वसाधारणको सहभागिता उल्लेख्य सहभागिता रहेको छ । फिल्ममा ज्योतिस हरिहर अधिकारी, कृस्टिन पौडेल, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, सूर्य थापालगायतको मुख्य भूमिका रहेको छ ।
फिल्ममा हरिहर अधिकारीको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशनविक्रम भट्टराईको एक्सन छ । यसका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् । हिमाल, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायका स्थानमा छायाँकन गरिएको फिल्मको युरोप प्रदर्शनले भिजिट नेपाल २०२० लाई समेत मद्दत पुर्याउने बिश्वास निर्देशक लोहनीको रहेको छ ।