गायिका रेखा शाहको एउटा ऐतिहासिक गीत हो ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा…।’ गायिका शाह यसलाई नेपाली सांगीतिक क्षेत्रकै एउटा अजम्बरी गीत भन्न मन पराउँछिन् । तीन दशकभन्दा लामो समयदेखि नेपालीमात्र होइन विदेशी स्रोताले समेत सुन्दै आएको यो गीत अब भने नयाँ सांगीतिक साजसज्जासहित सुन्न पाइने भएको छ ।
गायिका शाहले मुम्बई पुगेर बलिउडकै प्रतिष्ठित एशराज स्टुडियोमा यो गीत रि–रेकर्ड गरेकी छिन् । फेसुबकमार्फत गायिका शाहले यो कुराको जानकारी दिएकी छिन् ।
उनले लेखेकी छिन्– ‘सिमसिमे पानीमा… रेकर्ड भएर श्रोताको मनमनमा बसेको तीन दशक भैसकेको छ । परिवर्तित समयअनुसार यसको नयाँ स्वरुपको रेकर्डिङ गर्ने इच्छा दशकौंदेखि थियो ।’
‘आज त्यही सपना पुरा गर्न एसियाकै सबैभन्दा ठूलो र प्रतिष्ठित स्टुडियो मध्यकै यशराज स्टुडियो आइपुगेकी छु, गायिका शाह यो गीत पुनः रेकर्ड गर्ने क्रममा रिकेश गुरुङले यसमा संगीत संयोजन तथा संगीत उत्पादन गरेको उल्लेख गरेक छिन् ।
गायिका शाहले गीत रेकर्डिङ गरिरहेको दृष्यलाई निर्देशक रुपेश थापाले छायांकन गरेका छन् । गायिका शाहलाई यशराज स्टुडियोसम्म पु¥याउनका लागि मुम्बईमै स्थापित भएका नेपाली संगीतकार शिखर सन्तोषले साथ दिएका थिए ।
‘सानो पखेराबाट गुन्जिएको मेरो आवाज बलिउडको प्रतिष्ठित स्टुडियोमा रेकर्ड गर्न पाउँदा मैले निकै भाग्यमानी महसुस गरेकी छु, गायिका शाहले भनेकी छिन् – ‘नयाँ स्वरूपको गीत चाँडै नै लिएर आउनेछु, प्रतीक्षा गर्नुहोला ।’
नयाँ स्वरुपको गीत म्युजिक भिडियोसहित आउने गायिका शाहले संकेत गरेकी छिन्