चर्चित गायिका समीक्षा अधिकारीमाथि ढुङ्गा प्र हार भएको छ । समिक्षा एक साङ्गीतिक कार्यक्रममा गएको मौका छोपेर उनी माथि ढुङ्गा प्रहार भएको हो । समिक्षालाई संखुवासभा खाँदबारी पाङ्ठामा आयोजित साङ्गीतिक कार्यक्रममा ढुङ्गा प्रहार भएको खुलेको छ ।
समिक्षाले गाइरहँदाँ उनीमाथि ढुङ्गा प्र हार भए लगत्तै कार्यक्रमस्थलमा भागदौड मच्चिएको थियो । आँफुमाथि ढुंगा हा निएसँगै समिक्षाले स्टेजबाटै यसो नगरिदिनुस् तपाईंको
घरमा पनि दिदी बहिनी होला, राम्रो, नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि भन्ने आसय व्यक्त गरेकी थिइन । १४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षा गतवर्षबाट एक नायकसँगको प्रकरणमा जोडिएसँगै उनी विबादमा तानिएकी हुन् ।
चर्चित गायिका समीक्षा अधिकारी विस्तारै खुल्न थालेकी छिन् । मिडियामा आउँन थालेकी छिन् । गीत गायनमापनि उनी लामो समय दिन थालेकी छिन् । धेरै जसो कास्की पोखरामा नै बस्दै आएकी समीक्षा काठमाडौंपनि धेरै विताउँन थालेकी छिन् ।
केही समय उनले गायन क्षेत्रमा विश्राम जस्तै लिइन् । उनले आफू पढ्ने पोखरामा भएकाले गायनमा केही कमि भएको बताइन् । परीक्षाका कारण आफूले लामो समय पोखरा विताएको हो । पढ्न चै मलाई सरहरुले अनलाईनमा पढाउनुहुन्छ उनले भनिन् । केही दिन अघि मात्र उनले मेरो माया मजाक भयो भन्ने गीतमा स्वर दिएकी छिन् ।
केहि समयदेखि सामाजिक सञ्जाल देखि टाढा रहेकी गायिका समीक्षा अधिकारी फेरी सक्रिय हुन् थालेकी छन । उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन् । समिक्षासँगको प्रकरणमा जोडिएका अभिनेतालाई जिल्ला अदालत नवलपुरले साडे २ वर्ष जेल र १० लाख जरिवाना तोकेको भएता पनि समिक्षाले अदालतले दिलाइदिने भनेको उक्त रकम अस्विकार गरेकी थिइन् । समीक्षाले सामाजिक संजालका मार्फत आँफुले उक्त रकम नलिने बतएकी थिइन्