कार्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’ यतिबेला दोस्रो सातामा प्रदर्शनरत छ। पहिलो साताभन्दा चलचित्रले दोस्रो साता दर्शकको अत्याधिक साथ पाइरहेको छ।
यसैबीच, प्रदर्शनको ११ औं दिन सोमबार चलचित्रको नयाँ गीत रिलिज गरिएको छ। निर्माण टिमले ‘पर्खाल’ बोलको गीत केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट गीत रिलिज गरेको हो।
गीतमा लोकप्रिय कवि नवराज पराजुलीको शब्द रहेको छ। त्यस्तै कल्याण सिङको संगीत रहेको गीतमा शान्तिम कोइरालाको सुमधुर आवाज सुन्न सकिन्छ।
भिडियोमा चलचित्रका कलाकार हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुन क्षेत्री, अन्जना बराइली लगायतलाई देख्न सकिन्छ। यस् चलचित्रका लेखक एवम् निर्देशक प्रदीप भट्टराई हुन् ।
षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । चलचित्रका पोस्टर/पब्लिसिटी डिजाईनर रोयल भिमसेन हुन् ।
चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अरुन क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।