नेपथ्यले दुबईमा कन्सर्ट सम्पन्न गरेको छ । दुबईको अल नासेर लिजरल्याण्डमा आइतबार नेपथ्यले तेस्रो पटक प्रस्तुति दिएको हो ।
अघिल्ला कन्सर्टहरू भन्दा यसपाली नेपथ्य फरक तरिकाले प्रस्तुत भएको थियो। 'हो रामा रामा' बोलको गीत गाउँदै नेपथ्यले कन्सर्ट सुरू गरेको थियो । उक्त गीत गाउँदा दर्शकहरू उफि उफि नाचेका थिए ।
नेपथ्यले कन्सर्टमा ‘भेँडाको ऊनजस्तो, छेक्यो छेक्यो, लामपाते सुरती, चरी मर्यो, यो जिन्दगानी, मै मरि जाउँला, नैना ताल, गाउँ गाउँबाट उठ, मै नाचे छमछमी, तालको पानी, रेशम, शिरफूल शिरैमा’लगायत गीतमा प्रस्तति दिएका थिए ।
अबुधाबीस्थित विश्वविद्यालयमा पढ्दै आएका विद्याथीहरू दुई घण्टा लामो यात्रा गरेर कन्सर्टमा सहभागी भएका थिए।
‘हामी १७ जना साथीहरू समूह बनाएरै आएका छौं,’ अल नासेरको परिसरभित्र भेटिएका संयम लामिछाने भने, ‘इन्टरनेटबाट नेपथ्य आउने थाहा पाएपछि हामीले कन्सर्टमा आउने योजना बनाएका थियौं।’ उनी उक्त विश्वविद्यालयका कम्युटर र गणिका विद्यार्थी हुन्।
व्यवस्थापन, प्राविधिकलगायत १४ जनाको टोलीमध्ये ड्रमसेटमा गायक अमृत गुरुङ, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए। कन्सर्ट सकेसँगै नेपथ्य टोली कात्तिक २३ गते नेपाल फर्किने योजनामा छन्।