रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फुलबारी’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी फागुन ५ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । यो मितिमा अन्य २ चलचित्र ‘परदेशी २ र लण्डन टु पेरिस’ पनि रिलिज हुँदैछन् ।
चलचित्रमा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्कीलगायतको मुख्य भूमिका रहनेछ । चलचित्रमा नेपाली समाजमा सवैले भोगिराखेकै पारिवारिक सामाजिक कथा निर्देशक गुरुङले पस्किएका छन् ।
उपेन्द्र सुब्बाको पटकथामा विपिन र अरुणाले पाका दम्पतिको भूमिका निर्वाह गरेछन । कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहने सिनेमामा शिल्पा मास्के, लोकेन्द्र लेखक, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय रहनेछ ।
यशोदा फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रमा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ । मणिराम पोखरेलले कार्यकारी निर्माता रहेकको फुलबारीमा मनिष ढकालले लगानी गरेका छन् ।