३ भदौबाट प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’ को पहिलो गीत ‘छुक छुक रेल गाडी’ सार्वजनिक भएको छ । प्रकाश दास र अस्मिता अधिकारीको युगल स्वर रहेको रोमान्टिक गीतमा शैलेश कँडेल क्षेत्रीको शब्द तथा रेवन सिंहको संगीत छ । गीतको भिडियोमा भने चलचित्र मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ देखिएका छन् ।
गीतमा चलचित्रको केही सम्वाद पनि समेटिएको छ । जसमा पैसाले दिएको खुशीको अनेक पाटो समेत देखाउन खोजिएको छ । गीतमा कमल राईको कोरियोग्राफी छ । ‘माइकल अधिकारी’ उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेलले निर्माण गरेको फिल्म हो ।
फिल्ममा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दिलीप बोहोरा, केन्द्र भट्टराईको अलवा बाल कलाकारहरु आर्या पौडेल, केभिन परियार लगायतको अभिनय छ ।
सरोगेसीको कथामा निर्माण भएको चलचित्र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायाङ्कन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ । चलचित्रलाई रन्जित रौनियारले निर्देशन गरेका हुन् ।