शोभित बस्नेत निर्देशित सिनेमा बद्री बहादुरको जुलाई ३० तारिखमा अष्ट्रेलियामा प्रिमियर गरिएको छ । सिनेमाको नेपाल रिलिज अगाडी विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक बस्नेतले गरेका छन् । सिनेमालाई अष्ट्रेलिया शोबाट सुखद प्रतिक्रिया मिलेको छ ।
बद्री बहादुरलाई मिलेको दर्शक प्रतिक्रियाबाट निर्देशक बस्नेत खुशी छन् । सिनेमा रिलिजको लागि शोभित केही समयअघि अष्ट्रेलिया उडेका थिए । सिनेमाको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । सिनेमाको अझै ३ शहरमा समेत शो गरिनेछ । नेपालमा भने सिनेमा चाँडै रिलिज हुनेछ ।
संचारकमर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको सिनेमा एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । सिनेमाका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् ।
सिनेमामा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । ‘बद्री बहादुरमा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ । यही सिनेमाबाट एलिना गुरुङ नेपाली सिनेमामा डेव्यु गरेकी छिन् ।
सिनेमामा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द निर्देशन रहको छ । ‘बद्री बहादुर’मा बिनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन, मुख्य सहायक निर्देशक रामजी राउत रहेको कमेडी जनराको सिनेमा ‘बद्री बहादुर’को छायंकन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ ।