नेपाली गायन क्षेत्रमा विगत एक दशकदेखि आफ्ना क्रियशनहरुपस्किरहेकी गायिका हुन् नित्या शिवा । सुनसरी जिल्लाको प्रकाशपुर स्थायी घर भई हाल काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रिएशनहरु स्रोता÷दर्शकमाझ पस्किरहेकी छन् उनले । चलचित्र ‘बिधवा’मा राजेशपायल राईसँग ‘गालैको कोठीले...’ गीत गाएर यस क्षेत्रमा होमिएकी उनले अहिलेसम्म आउँदा थुप्रै गीत मार्फत स्रोता÷दर्शकको मन जित्न सफल भएकी छन् । चलचित्र गोरेको गीत ‘लिटरका लिटर पोखियो माया...’को चर्चाले उनलाई यो क्षेत्रमा थप केही गरौ भन्ने हौसाला प्रदान गरेको बताउँने उनी नेपाली तथा भोजपुरी चलचित्रका गीतमा यतिवेला आफूलाई व्यस्त राख्दै आएकी छन् । क्लासिक, आधुनिक र गजल गीत गाउन अलि बढी मन पराउने पूर्वको सुनसरी की यि गायिकाले काठमाडौंमा रहेको ललितकला क्याम्पसबाट सङ्गीत सम्बन्धि अध्ययन पनि गरेकी छन् ।
बाल्यकाल सुनसरीको प्रकाशपुरमा विताएकी नित्याले प्राबि तहको अध्ययन गाउँमै गरिन भने त्यसपछि हाईस्कूल तह शहरमा र कलेज पनि त्यही शुरु गरिन । यो क्षेत्रमा सानैदेखि लगाव भएको बताउँने उनी आफू ५÷६ कक्षामा पढ्दादेखि नै टेबल ठटाएर गीत गाउँने गरेको सुनाउछिन् । पछि काठमाडौँ आएपछि गीत सङ्गीत सम्बन्धि अध्ययन गर्न थालिन । गायन सम्बन्धि यो क्षेत्रमा केही उल्लेखनिय क्रियशनहरु प्रस्तुत गरौ भनेर नै यो क्षेत्रमा होमिएको बताउँने नित्याले गुरुदेव कामतसँग साङ्गीत सम्बन्धि अध्ययन गरेकी छन् भने हाल चण्डी काफ्लेसँग सङ्गीत सिकिरहेको बताउँछिन् । ‘सङ्गीत साधना हो, साधना बिना साङ्गीतिक जीवन अपुरो र अधुरो हुन्छ’ भन्ने नित्याले स्रोता÷दर्शकमाझ दुई एल्बम ‘चाहना मनको’ र ‘मेरो दिलमा’ ल्याएकी छन् । त्यस्तै उनले दुई दर्जन जति चलचित्रका गीतमा आफ्नो स्वर दिएकी छन् । नित्या शिवाले चलचित्र ‘बिधवा’, ‘रथ’, ‘गोरे’, ‘ काचुली’, ‘लवजोन’, ‘सम्हाली राख है’, ‘मेरो दिल छ पोखरामा’, ‘मदहोस’, ‘सत्यम शिवम सुन्दरम’लगायतका चलचित्रका गीतमा स्वर दिएकी छन् ।
नेपाली चलचित्र मात्र नभएर करिव एक दर्जन जति भोजपुरी चलचित्रका गीतमा पनि स्वर दिएकी नित्या पास्र्व गायनमा आफ्नो पहिचान बनाउन लागीपरेकी छन । यो क्षेत्रमा नआएको भए सायद आम नागरिक सरह कतै हुन्थे होला भन्ने नित्या आफ्ना हरेक सिर्जना सबै नै आफुलाई प्यारो हुने बताउँछिन् । फेरि पनि केहीको नाम लिनुपर्दा चलचित्र बिधवा, रथ, गोरे, दीलदार, कन्फ्युज, मदहोस, आरोप र इ कैसन बौछा र भोजपुरी चलचित्रमा समावेश भएका गीत बताउछिन् । ‘यि चलचिका कारणले मलाई साङ्गीतीक फाँट अझ सफल सिर्जना ल्याउनको लागी प्रेरणा दियो’, भन्छिन् । गीत सङ्गीत रहरले भन्दा पनि सिकरे अध्ययन गरेर यो क्षेत्रमा आउँदा दीगो हुने मान्यता राख्ने नित्या साधनाले नै स्वरमा निखार ल्याउने हुनाले अहिले पनि आफू गीत सङ्गीतको विद्यार्थी नै रहेको बताउछिन् । उनी केही गीतहरुको मोडलिङमा पनि देखिएकी छन् । आफू मोडल भन्दा पनि पछिल्लो समय गीत सुन्ने मात्र नभएर हेर्ने पनि भएकाले प्रायः गीतहरुको म्युजिक भिडियो बन्ने गर्दछ र आफूले गाएका ति गीतहरुमा लिपसिङको लागि देखिएको भन्न रुचाउँछिन् । आफ्ना आगामी दिनका बारेमा निरन्तर गीत गाउँदै जान्छु बाँकी सबै स्रोतको हातमा भन्छिन उनी ।
आफूलाई यो क्षेत्रमा स्थापित हुन रचनाकार तथा सङ्गीतकार शंकर अधिकारी ‘घायल’को योगदान रहेको उनी बताउँछिन् । ‘ शंकर दाजुले नै मलाई धेरै साथ सहयोग पु¥याउनु भएको छ यो क्षेत्रमा स्थापित हुनका लागि, उहाँलाई विशेष धन्यबाद दिन चाहन्छु’, भन्छिन् । गीत सङ्गीतका कर्महरुमा आफूलाई ब्यस्त बनाउँदै आएकी नित्या देशभिरका मेला महोत्सव र कन्र्सटहरुमा पनि उत्तिकै सहभागीता जनाइरहेका
हुन्छिन । आगामी दिनमा नित्या शिवाका अझ राम्रा राम्रा क्रिएशनले नेपाली गीत सङ्गीत समृद्ध बनोस्, उनका मौलिक क्रिएशनको रस्वादन गर्न पाइयोस यही गीताकामना नित्यासँग ।