‘मिस रतुवामाई २०१९’को उपाधि निश्मा श्रेष्ठले जितेकी छिन् । उनलाई मिस उर्लाबारी विजेता रूसानी केसीले ताज पहिराई दिएकी थिइन भने कार्यक्रम संयोजक अनिश कार्की र नगरप्रमुख रविन राईले पुरस्कारको चेक हस्तान्तर गरेका थिए ।
प्रतियोगितामा पहिलो रनरअप रेश्मा श्रेष्ठ भइन । अन्तिम प्रतिस्पर्धामा १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले पहिलो मिस रतुवामाई २०१९ को उपाधिको ताज पहिरिन सफल भएकी हुन् । उपाधिसँगै श्रेष्ठले नगद रु ५० हजार, आइजोन इन्टरनेटको तर्फबाट एक वर्षका लागि निःशुल्क इन्टरनेट र पोखरा भ्रमण गर्ने मौका पाएकी छिन् ।
विभिन्न स्थानवाट आएका जर्जहरूको निष्पक्ष मुल्याङ्कनबाट विजेता घोषणा गरिएको थियो । नवीन लुइटेल, डा सन्दिप अधिकारी, नविन श्रेष्ट, सायरा राई, सृजना क्षेत्री र ज्ञानेन्द्र सुनुवार प्रतियोगिताको फाइनलमा जर्ज रहेका थिए । यसैगरी प्रतियोगितामा मिस अनुशासित रेसु कालिकोटे, मिस पब्लिक च्वाइस रेश्मा श्रेष्ठ, मिस क्याटवाल्क दुर्गा बस्नेत, मिस ट्यालेन्ट सुनिता थापा, मिस प्रसनालिटी निश्मा श्रेष्ठ भए ।
सोचेको भन्दा सफलतापूर्ण कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक अनिश कार्कीले जनाए । प्रतियोगिताको सम्पूर्ण पोशाक डिजाइन सेन्ट्रल फेसन हब उर्लाबारीका बिद्यार्थी प्रमिला श्रेष्ठ, लिजा श्रेष्ठ, अन्जना तामाङ, आश्मा धिमाल, सावित्रा अधिकारी र सोमश्री घोसले गरेका थिए ।
सेन्ट्रल फेसन हब उर्लाबारीको व्यवस्थापन र आयोजनामा कार्तिक २३ देखि सुरु भएको प्रतियोगिताको फाइनल, प्रतियोगिताको मुख्य प्रायोजक समेत रहेको राष्ट्रनिर्माण सेकेण्डरी बोर्डिङ स्कुल र रतुवामाई नगरपालिकाका मेयर उपमेयर, विभिन्न वडाका वडाध्यक्षहरू, सामाजिक व्यक्तित्व, पत्रकार, संघ सस्थाका प्रतिनीधिहरू र सयौं दर्शकहरूका माझ प्रतियोगिता सम्पन्न भएको थियो ।