शिव परियारको स्वरमा चलचित्र ‘चिट्ठी’को ‘टुटेको तारा…’ रेकर्डिङ गरिएको छ । एरा प्रोडक्सन प्रा.लि.को व्यानरमा कमला जोशी निर्माता र माधवराज खरेलको निर्देशन रहेको चलचित्रको गीत सोमबार राजधानीको फाईन टियुन स्टुडियोमा रेकर्डिङ भएको हो । डा. कृष्णहरी बरालको शब्द, सञ्चारकर्मी एवम् गायक तथा सङ्गीतकार सरोज कोईरालाको सङ्गीत, विश्व अधिकारीको एरेञ्जर रहेको छ गतिमा
संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्गबहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुसाल, कञ्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रज्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ भने चलचित्रको सम्पदान राजेशले गर्नुभएको छ ।
जीवन पराजुलीको छायाँकन रहेको चलचित्र चिट्ठीमा नरेश खरेलको मेकअप छ । काठमाडौं, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थलमा छायाँकन सम्पन्न गरिएको चलचित्र चिट्ठीको पोष्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको निर्मात्री कमला जोशीले बताउनुभयो ।
समिर मियाँनको सम्पादन, एनिमेशन तथा कलर संयोजन रहेको चलचित्रलाई सन २०२२ भित्र नै प्रदर्शनमा ल्याउने निर्माण कम्पनीले जनाएको छ ।