निर्देशक बिएस बलामीको नयाँ चलचित्र ‘प्रपञ्च’ को एउटा गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक समारोहमा चलचित्रमा समावेश ‘मुटुमा सास भर्ने आधार’ बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतमा चलचित्रका मुख्य कलाकार सुमन थापा र मेनुका माझीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यो गीत डिएआर मुभिजको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ । यो गीतमा तेञ्जु योन्जनको कोरियोग्राफी छ ।
आगामी असोज २१ गतेदेखि प्रदर्शनमा आउने प्रपञ्चलाई बद्री साह, अनिल गीता र रवि राज आचार्यले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्मातामा शिवानी बलामी हुन् ।
यो चलचित्रमा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी, जोश्ना सिम्खडा, सिजन तिवारी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
यो चलचित्रमा प्रकाश कुँवरको कथा, दिवस गुरुङको डिओपी, देव मर्हजनको द्वन्द निर्देशन, प्रविन ढकालकको सम्पादन रहेको छ ।
तर्कराज न्यौपाने मेख्य सहायक निर्देशक र सन्तोष पराजुली प्रोडक्सन म्यानेजर रहेको यो फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।