जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टि.भि.च्यानल, न्युयोर्कको निर्माण तथा प्रस्तुतिमा ‘पाएनी तिमीलाई मैले…’ बोलको सुन्दर गीतको भिडियो सार्वजनिक भएको छ । यसभन्दा अगाडी पनि अञ्जु पन्तको स्वर र देवकुमार चौधरीको सङ्गीत रहेको गीत यही टिमले निर्माण गरेको थियो ।
हालसम्म जेपिजे ईन्टरटेनमेन्ट न्युयोर्कबाट ‘आउँ माया गासौ हामी जुनि भरि’ सुमन थाम्सुहाङ र सम्झना लावुङ्द्वारा अभिनित गीतको भिडियो र अञ्जु पन्तको स्वर रहेको दोस्रो म्युजिक भिडियो ‘काडा बीच फुल्ने माया…’ र तेस्रो गीतको भिडियो निर्माणसँगै सार्वजनिकसमेत गरिसकेको छ ।
म्युजिक भिडियो निर्माणलाई निरन्तरता दिने उद्देश्यले राम्रा राम्रागीतको छनौट गरि म्युजिक भिडियो छायांकन कार्यलाई क्रमिक रुपमा अगाडी बढाई रहेको निर्देशक किशोर सुब्बाले जानकारी गराउनुभयो ।
पुष्पा लिम्बुको शब्द एवं सङ्गीत, मेलिना राईको स्वर, मनिताम्लिङको एरेञ्ज, मिक्सिङ र रेकर्डिङ, सुवाष लिम्बुको क्यामेरा, ड्रोन र सम्पादन रहेको ‘पाएनी तिमीलाई मैले…’ भिडियो रोहित लामगाधेले निर्देशन गरेका हुन् । पुर्वी नेपालको रमणीय स्थान झापाको बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा चन्दा दाहाल र पुर्ण लिम्बु फिचरिङ छन् ।
जेपिजे ईन्टरटेन्मेन्टबाट अहिले नियमित रुपमा अन्तर्राष्ट्रिय रुपमै चर्चा कमाउन सफल कार्यक्रम ‘हेल्लो अमेरिका’ नियमित निर्माण र प्रशारण भइरहेको छ । जेपिजे ईन्टरटेन्मेन्ट अनलाई टि.भि.च्यानल न्युयोर्कका टिम मेम्बरहरूको परिकल्पना निर्माण र निर्देशन किशोर सुब्बा, सह निर्देशक टोमा लामा, प्रस्तोता शुमन थाम्सुहांङ्, सिनेमाटोग्राफर सम्राट कार्की, ग्राफिक्स प्रविन ढकाल आदि रहेका छन् ।