कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको शनिवार काठमाडौंको पुरानो वानेश्वरस्थित लोकल सेकुवा रेष्टुराँमा आयोजित एक समारोहमा विमोचन गरिएको छ ।
काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधिक विश्वनाथ भट्टराई, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेम नाथ ठाकुर, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, नागार्जुना एकेडेमीका प्रिन्सिपल सुनिल विक्रम सिजापतिसहितका व्यक्तित्वले उक्त पत्रिकाको पहिलो अंक विमोचन गर्नु भएको हो ।
कलाकर्मी मिडिया म्यानेज्मेन्टका लागि पत्रकार कृष्ण भट्टराईद्वारा प्रकाशित उक्त पत्रिकाको सम्पादकमा बबिता ढकाल हुनुहुन्छ । ६८ पृष्ठको उक्त पत्रिका हरेक महिना प्रकाशित हुनेछ ।
राजनीति, मनोरञ्ज, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिक आदि क्षेत्रका विषयवस्तुहरु समेटिएको कलाकमी डाइजेष्ट पत्रिकाको विमोचन गर्दै काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले छापा माध्यमको गति कम भैरहेको अवस्थामा प्रकाशनमा आएको यो पत्रिकाले समाजलाई नयाँ दिशा दिने धारणा व्यक्त गर्नु भएको । उपमेयर डंगोलले आफूलाई मत दिएर स्थानिय निकायको निर्वाचनमा विजयी गराउनु हुने काठमाडौंवासीलाई धन्यवाद अर्पण गर्दै सम्पूर्ण नगरवासीको सहयोगले काठमाडौंलाई एक वर्ष भित्रै सुन्दर नगरको रुपमा विकसित गर्ने योजना रहेको सुनाउनु भयो ।