ऋचा शर्मा अभिनित चलचित्र 'कौसीद' को विदेशी राइट्स बिक्री भएको छ। चलचित्र जापानको लागि बिक्री भएको निर्माण पक्षले जानकारी दिएका हुन्।
'नेपाली चलचित्रहरू विदेशमा उल्लेखनीय रूपमा प्रदर्शन भइरहेकाे छ। त्यसैले हामीले चलचित्रलाई विदेश र स्वदेशमा फरक-फरक मितिमा प्रदर्शन गर्ने साेच बनाएका छाैं,' निर्माता केदार भुषालले भने।
चलचित्रमा नायिका ऋचा शर्मा, भोला सापकोटा लगायतको अभिनय रहेको छ। चलचित्रलाई जापानमा जुलाई ३० गते प्रदर्शन गर्ने तयारी निर्माण टिमको रहेको छ।
यो चलचित्र जेठ २७ गतेदेखि प्रदर्शन हुने भनिएको थियो तर चलचित्रको प्रदर्शन रोकिएको थियो। योचलचित्र
कहिले प्रदर्शन हुन्छ भनेर निर्माण पक्षले जानकारी दिएका छैनन्।
फिल्ममा ऋणको प्रभावमा परेको परिवारको कथालाई देखाइने छ।
कुमार भास्करको निर्देशनमा फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रूपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भीक भट्टराई र सागर भट्टराईको अभिनय छ।
फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन्।