१० असारबाट रिलिजको तयारीमा रहेका चलचित्र ‘घनचक्कर’ ले पनि प्रचारका लागि नेपाल भाषाको प्रोमोशनल गीत बनाएको छ । गीतमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, सलोन बस्नेत, कश्मिरा लामा लगायत देखिएका छन् ।
बिजेन श्रेष्ठको संगीत रहेको गीतमा भुपेन्द्र बज्राचार्यको शब्द तथा स्वर छ । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको चलचित्रका निर्माता करुना अर्याल र संगम भट्टको लगानी छ ।
भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह–निर्माताको रुपमा जोडिएका छन् ।
सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कश्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको अभिनय देख्न सकिन्छ । फिल्म सुनिल मानन्धरले बितरण गर्दैछन् ।