आधुनिक भजन ‘श्याम सुन्दर खोजी हिडे…’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार सुरेश घिमिरे ‘निस्चिन्त’को शब्द, बिपिन घिमिरेको सङ्गीत र सकुना श्रेष्ठको स्वर रहेको भजन ‘श्याम सुन्दर खोजी हिडे…’को भिडियो सार्वजनिक भएको हो ।
गायक आनन्द कार्कीको प्रमुख आतिथ्यमा भएको भिडियो सार्वजनिक कार्यक्रममा माता सपनादेबि श्रेष्ठ गीतका सर्जक घिमिरे, सङ्गीतकार सन्तोष श्रेष्ठ, गीतकार शिव सुनार निर्देशक वसन्त सापकोटा लगायतको आतिथ्यता थियो ।
कार्यक्रममा गीत सङ्गीतसँग सम्बन्धित सबैलाइ मायाको चिनो प्रदान गरिएको थियो । दिनेश पराजुलिको छायांकन रहेको उक्त भजनको भिडियोमा खेमनाथ खनालले सहनिर्देशन गर्नुभएको छ भने उत्तर राना मगरको सम्पादन छ ।
वसन्त सापकोटाले निर्देशन गरेको भिडियोमा रविना श्रेष्ठ, क्यानिजा कार्की, प्रमोद सिग्देल, कविता दाहाल, प्रमिला श्रेष्ठ, शान्ति श्रेष्ठ, बबिता सिटौला, कलाबती श्रेष्ठ, संगीता श्रेष्ठ, दुर्गा श्रेष्ठ, सुशीला श्रेष्ठ, सविना श्रेष्ठ, शरस्वती प्रधान, अम्बिका श्रेष्ठ, रश्मि श्रेष्ठ, शकुन्तला राज भण्डारी लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।