दीपेन्द्र के खनालको निर्देशनमा ‘आमा २’ बन्ने भएको छ । सोमबार ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक कार्यक्रममा ‘आमा २’ को निर्माण घोषणा गरिएको हो।
निर्माता शर्मिला पाण्डेले ‘आमा २’ बन्ने जानकारी दिएकी हुन् । नेपालको पहिलो चलचित्र ‘आमा’लाई हिरासिंह खत्रीले निर्देशन गरेका थिए भने दोस्रो पटक निर्माण भएको चलचित्र ‘आमा’लाई रेसराज आचार्यले निर्देशन गरेका थिए ।
खनालले बनाएको चलचित्र ‘आमा’ले बक्स अफिसमा सुखद व्यापार गर्नुको साथै राष्ट्रिय अवार्ड समेत हासिल गरेको छ। चलचित्रमा मिथिला शर्माले आमाको भूमिका निभाएकी थिइन् भने सुरक्षा पन्त छोरीको भूमिकामा देखिएकी थिइन्।
‘द युगदेखि युगसम्म’ मार्फत चलचित्र निर्देशनमा प्रवेश गरेका दीपेन्द्रले ‘धर्मा, भिजिलान्ते थ्रीडी, झोले, पशुपति प्रसाद, चपली हाइट, चपली हाइट २, लभ लभ लभ, धनपति, चंगाचैट’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन्।
उनकै निर्देशनमा बनेको चलचित्र ‘चिसो मान्छे’ असार ३ गतेदेखि प्रदर्शन हुँदैछ। चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनालको मुख्य भूमिका रहेको छ।