अभाव,आवश्यकता र बाध्यताले देश छोडेर बिदेशिन विवश लाखौँ नेपाली युवाहरुको साझा अनि सत्य कथा गीतको रुपमा सार्वजनिक भएको छ । एउटा युवा दुख गरेर पढ्छ,दक्ष हुन्छ तर देशमा आफ्नो योग्यता अनुसारको काम पाउँदैन ।
म्युजिक भिडियोको गीतमा गणेश खड्काको शब्द, राजनराज शिवाकोटीको सङ्गीत, स्वरूपराज आचार्य र रचना रिमालको स्वर तथा नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेकोछ । सेसेल्स र नेपालमा आधाआधा भाग छायांकन गरिएको गीतको भिडियो सुरेश पाण्डेले निर्देशन र पंकज श्रेष्ठले सहनिर्देशन गरेका हुन् ।
आरपी पन्त,गरिमा शर्मा,निर्मल शर्मा र ममता लामाको जीवन्त अभिनय रहेको प्रस्तुत भिडियोमा पंकज श्रेष्ठ, मनोज बिक, आरसी राई, खेम गोदार थापा, देवसिंह ठकुरी, विकाश थापा मगर, शिवराम अर्याल, चन्द्र चेम्जोङ साथै बाल कलाकारमा तिलक बिकले सहायक भूमिका निर्वाह गरेका छन् । गुरिल्ला रक क्रियसनको पहिलो प्रस्तुति रहेको यो गीतको निर्माण पक्षले प्रवासमै रहेर पनि आफ्नो भाषा, साहित्य, सङ्गीत, संस्कृति र कलाको उन्नयनका निम्ति आगामी दिनमा पनि सक्दो प्रयास गर्ने बताएको छ ।