कान्स फिल्म फेस्टिभलमा जूरीको भुमिका निर्वाह गर्न फ्रान्स पुगेकी बलिउड अभिनेत्री दीपिका पादुकोण उक्त महोत्सवमा कस्तो अवतारमा देखिने छिन् भन्ने कुराको चासो धेरैलाई थियो ।
यसैबीच, दीपिकाले रेट्रो लुकमा कान्स फेस्टिभलका क्रममा जूरीका सदस्यहरुसंगै रेड कार्पेटमा वाक गरेकी छिन् । त्यस क्रममा दीपिकाले आफ्नो लुकलाई इन्डियन टच दिएकी छिन् ।
कान्सको रेड कार्पेटमा उनले प्रख्यात फेशन डिजाइनर सब्यासाचीको ब्ल्याक एन्ड गोल्ड सीक्वेन्स साडी लगाएकी छिन् । साडीमा विशेष देखिनका लागि ड्रामाटिक टच पनि दिएकी छिन् । दीपिकाले फंकी हेयरब्यानलाई गोल्डेन हेडब्याडले हाइलाइट गरेकी छिन् । ड्रामाटिक आईलाइनर, न्यूड लिप्स, च्यान्डलिएर इयररिङ्स र औँठीमा सजिएर आफ्नो लूक्सलाई पुर्ण गरेकी छिन् ।
दीपिकाको सुन्दर सीक्वेन्स साडीले उनको सुन्दरतालाई थप आकर्षक बनाएको छ भने उनले लुक्समा सबैभन्दा ठुलो हाईलाइट भनेको उनको अल्ट्रा बोल्ड आई मेकअप रहेको छ ।
दीपिकाको यस्तो लुकलाई मानिसहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । प्रायःले दीपिका साडीमा स्टनिङ देखिएको भनेका छन् भने धेरैले उनको सुन्दरताको प्रशंसा गरेका छन् ।
तर, अधिकांश मानिसहरु भने दीपिकाको यस्तो लुकबाट प्रभावित भएका छैनन् । उनीहरुले दीपिकाको मेकअप, एक्सेसरीजदेखि साडीसम्मलाई ट्रोल बनाएका छन् । दीपिकाको भद्दा तथा लामो इयरिङ्स देखेर मानिस चिन्तित भएका छन् । उनीहरुले दीपिकाको छनोटप्रति दया देखाएका छन् ।
यतिमात्र होइन, मानिसहरुले दीपिकाले लगाएको सुनौलो रंगको ईयरिङ्सको समेत व्यंग्य गरेका छन् । एक जनाले त दीपिकाको कानको लोतिले सहयोगको लागि बोलाइरहेको समेत भनेका छन् ।
‘दीपिकाको कानका लागि मलाई दुःख लागेको छ । मानिसहरु फेशनका लागि आफुलाई किन यति टर्चर दिन्छन्’ भनेर प्रश्न सोधेका छन् ।
अहिले सामाजिक सन्जालमा ह्यासट्यागजस्टिसफर दिपिका जइयरलोब्स ट्रेन्डिङमा आएको छ ।