निबन्धकार तथानियात्राकार युवराज नयाँघरेको ‘याकजी’निबन्ध संग्रहको विमोचन सम्पन्नभएको छ । प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचनगर्नु भएको उक्तनियात्राका कृतितल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ । विमोचनपछि नाटककार मल्लले भन्नुभयो– ‘डोल्पाली समाजको असाध्यै सूक्ष्म वर्णन गरिएको यो कृतिकला र शिल्पको हिसाबले महत्वपूर्ण छ । यो कृतियात्रामात्रै नभएर सामाजिक रुपमागहिरो अध्ययनगरिएको विशेष ग्रन्थहो ।’
समालोचक महेश पौडेलले भन्नुभयो– ‘याकजीउपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाददिनको लागि सक्षमभएको छ । विवरणभन्दाअनुभूतिले भरिभराउ यो कृतियात्रा लेखनको एक मानकग्रन्थबन्नपुगेको छ ।’
उहाँले भन्नुभयो– ‘नयाँघरेशैलीयहाँपनिहामीमज्जाले भेट्न सक्छौं ।’
नियात्रा समाज नेपालकाअध्यक्षतथानियात्राकार प्रतीक ढकालले– ‘याकजी नेपालीयात्रा साहित्यमा एक अमूल्य कृतिका रुपमाआएको छ । कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक अनुहार हामीयहाँ भेट्न सक्छौँ । नयाँघरेको मौलिकभाषिकप्रयोग र ठेट नेपालीपनलाई यहाँपनिआत्मसात् गरिएको अनुभवगर्न सकिन्छ । डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म र विशेष कलाकारिता प्रस्तुत गरी लेख्नमा नयाँघरे सफल छन् ।’ भन्नुभयो ।
समालोचकतथाप्रा.डा. सिर्जनाशर्मा उप्रेतीले– ‘नयाँघरेको लेखनबाट आपूmप्रभावितभएको र यात्रा साहित्यमार्फत् समाजलाई बुझ्नएवं अनुभवगर्न ठूलो सहयोग पुग्ने’ धारणा राख्नु भयो । उहाँले भन्नुभयो– ‘याकजी पढ्नु भनेको हिमाली सभ्यता, संस्कृति र रहनसहनथाहापाउनु हो । यो कृतिआगामीदिनकालागिपनिभौगोलिक, सांस्कृतिक, प्राकृतिकएवं धार्मिक चरित्रहरुको थपबिस्तारपूर्वक अध्ययनगर्नकालागि सघाउने कृतिबन्नपुगेको छ ।’
याकजीका लेखकयुवराज नयाँघरेले आफ्ना लेखकीयअनुभवबताउँदै– ‘कर्णालीको विकट क्षेत्रको यात्राबाट आपूmले जीवनकै गहिरो दर्शन प्राप्त गरेको’ धारणा प्रस्तुतगर्नुभयो । नयाँघरेले भन्नुभयो– ‘डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्वहो । विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिकालागिहामीले यीभूभागहरु घुम्नु पर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावनाहुर्काएको छु । देश चिन्नकालागि डोल्पा एक विशेष स्थानहो । हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्थाअध्ययनकालागि डोल्पा जस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नु पर्छ ।’
नियात्राकार नयाँघरेका यो १८औं कृतिहो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृतिलगायतउनका आठौं नियात्राका कृतिहरु प्रकाशित छन् । मदन पुरस्कारलगायतविभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानितएवं पुरस्कृत नयाँघरे नेपालीनिबन्ध र नियात्रा साहित्यकाप्रतिनिधि लेखक मानिन्छन् ।नियात्रा समाज नेपालद्वारा आयोजितउक्तकार्यक्रममाविभिन्न साहित्यकारहरुको उपस्थिति रहेको थियो ।