नायक पल शाह बलात्कार प्रकाणमा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका वुबाले बयान फेर्दै जर्बजस्ती करणी नभएको बताएका छन् । उनले उजुरीमा बलात्कार भने पनि अदालतमा बयान दिने क्रममा बलात्कार नभएको बताएका छन् ।
‘बयान पूरै फेरिएको होइन । उजुरी मैले नै दिएको हो, हस्ताक्षर पनि मेरै हो भन्ने भो । करणीको व्यहोराको जाहेरी दिए पनि पल शाहले करणी गरेको रहेनछ भन्ने बयान दिनुभयो’, जिल्ला न्याधिवक्ता रामचन्द्र शर्माले बताए । नाबालिग गायिकाले आइतबार बकपत्रमा ज’र्बज’स्ती करणी नभएको बयान दिएकी थिइन् । ‘बालिकाले पनि सम्बन्ध हैन भनेर दिएकी छन् । अरु सबै स्विकार गरेकी छन् ।
शारीरिक सम्बन्ध भएको हैन भनेकी थिइन्’, उनले भने । शर्माका अनुसार अदालतमा ८ जनाको बकपत्र भएको छ । गायक दुर्गेश थापा, कमल थापा लगायत केही पलका साथीहरुको बकपत्र गरेको तनहुँ अदालतले जनाएको छ । स्वास्थ्य परीक्षणमा संलग्न डाक्टर लगायत कम्तिमा अझै १० जनाको बत्रपत्र हुने जिल्ला न्यायधिवक्ता शर्माले जानकारी दिए । बकपत्रमा बयान फेरिए पनि मिसिलमा संग्लन प्रमाणले सत्य बोल्ने उनले बताए ।
जिल्ला अदालत तनहुँले शाहलाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । पल पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा छन् । पीडित र उनका बुवाले बयान फेरेपछि मुद्दा कमजोर हुने आँकलन गरिएको छ ।
पल प्रकरणमा बुधबार जिल्ला अदालत नवलपुरमा पनि बकपत्र हुदैँछ । पललाई उपस्थित गराइदिन नवलपुर अदालतले पत्रचार गरेको जिल्ला कारागार तनहुँका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए ।
‘साक्षीहरु र स्वास्थ्य परिक्षण गर्ने चिकित्सकको बकपत्र हुने भएकाले उपस्थित गराउनू भनेर पत्राचार भएको छ’, उनले भने । पीडितका अभिभावले नवलपुरमा पनि उजुरी दिएका थिए । गैँडाकोटमा सुटिङको क्रममा मादक पदार्थ खुवाएर ज’र्बज’स्ती कर’णी ग’रेको उजुरी परेपछि मुद्धा दर्ता भएको हो । २३ चैतमा जिल्ला अदालत नवलपुर थुनछेक आदेश जारी गर्दै पललाई थुनामा राख्ने आदेश दिएको थियो ।