थुनामुक्त भएपछि र्यापर आशिष रानामगर ‘लाउरे’ले बुधबार दमकमा पहिलोपटक कन्सर्ट गरेका छन् । कन्सर्टमा उनले आफ्ना हिट गीतमा सांगीतिक प्रस्तुति दिए ।
तत्काललाई र्याप गायन र म्युजिक भिडियोमा अघि बढ्ने योजना रहेको उनले सुनाए । र्याप गायनबारे प्रस्ताव गरिएको एक फिल्मको कथावस्तु मन नपरेकाले आफूले नखेल्ने निधो गरेको पनि लाउरेले जानकारी दिए । लाउरे टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को निर्णायक पनि हुन् ।