नयाँ वर्षको अवसरमा, वैशाख १ गते झापाको दमकमा नेपथ्यले प्रस्तुती दिने भएको छ । कोरोना महामारी र प्रतिबन्धका कारण करिब दुई वर्ष मञ्च प्रवेश गर्न सम्भव भएन । तर अहिले अवस्था सामान्य भएसँगै नेपथ्येले आफ्नो संगीत प्रस्तुती दिन लागेको हो।
दमकको इँटाभट्टा स्कुल अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्यले प्रस्तुती दिदैँछ। यसभन्दा पहिले पनि नेपथ्यले चार हजारभन्दा बढी दर्शकको उपस्थितीमा त्यसै मैदानमा प्रस्तुती दिएको थियो।
भौगोलिक अवस्थिती, राजनीतिक वातावरण र सम्पर्कका आधारमा पछिल्लो समय दमक पूर्वाञ्चलकै अर्को केन्द्रका रूपमा विकास हुँदैछ। पछिल्लो कन्सर्टका बेला पनि धरान, विराटनगर हुँदै इलामसम्मका दर्शकले त्यहाँ उपस्थिती जनाएका थिए। दमक सहरमा नेपथ्यको यो पाँचौ प्रस्तुती हुँदैछ।
यसभन्दा अघि नेपथ्यले २०७६ फागुन १७ गते काठमाडौंंस्थित भृकुटीमण्डपमा कन्सर्ट गरेको थियो। यसपटकको नेपथ्य कार्यक्रम दुई वर्ष पछिको अन्तरालमा हुँदैछ।
आयोजक नेपाली टचका राज गोश्वामी भन्छन् । यो कन्सर्टको टिकट बिक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, बिराटनगर, गौरादह र दुधेमा समेत बिक्री केन्द्र राखिएका छन्। स्थानीय आयोजकका अनुसार टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ। अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिन्छ।