लोकप्रिय गायक गणेश गुरुङको एकल साँझ राजधानीमा सम्पन्न भएको छ । ग्रामीण पर्यटन व्यवस्थापन समितका सदस्य आशबीर गुरुङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा संघीय परिषद जनता समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ, गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुमन पण्डित, नवोदित विद्याकुञ्जका प्रिन्सिपल राजेन्द्र अधिकारी, तमु कलाकार संघका संस्थापक अधयक्ष राजु गुरुङ, वर्तमान अध्यक्ष शर्मिला गुरुङ लगायतको विशेष आतिथ्यता रहेको थियो ।
गायक गुरुङले विभिन्न चार चरणमा गायन प्रस्तुत गरेका थिए । पहिलो चरणमा उनले आयो ल्होसार, पिपलु छायाँ, दाइ त मेरो लाहुर जाने गीत प्रस्तुत गरेका थिए । दोस्रो चरणमा उनले गुरुङभाषाको गीत देउराली र प्रेनोङलाई, ओछेनारा म्हैना, ङैङ्योल्स्यो रानी प्रस्तुत गरेका थिए । त्यस्तै तस्रो चरणमा मनकामना केबलकारमा चोक, याद आउँछ बेसरी, बरपिपलको छायाँ, सल्ला धुपैले गीत प्रस्तुत गरेका थिए । त्यस्तै चौथो चरणमा गायक गुरुङले सुनको औंठी, तल्लो ग्याजा गावै रमाइलो, जूनसरी माया गीत प्रस्तुत गरेका थिए । उनलाई सहगायनमा गायिका दुर्गा गुरुङ, छनु गुरुङ, भीमु गुरुङ, पवित्र गुरुङ, विष्णुमाया गुरुङ, शर्मिला गुरुङ, बीमा कुमारी दूरा, माया गुरुङ, तारा श्रीष, बबिता गुरुङ, विद्या गुरुङ, दुर्गा परियार, गायकहरु राजु गुरुङ, शिशिर गुरुङ लगायतलै साथ दिएका थिए । कार्यक्रममा गायक गुरुङलाई विभिन्न संघसंस्थालै पैसाको माला, खादा र फूल दिएर सम्मान व्यक्त गरेका थिए ।