चर्चित हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।
भाइ नाता पर्ने एक व्यक्तिले उनलाई मिर्गौला दान गरेका छन् । प्रत्यारोपणपछि पल्पसा एक साता अस्पतालमै रहनुपर्नेछ भने मिर्गौला दान गर्ने व्यक्तिले चार दिन आराम गर्नुपर्नेछ ।
पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । हास्य टेलिश्रृंखला मेरी बास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी उनी ६ महिनापछि गत कात्तिक ३० गते उक्त टेलिफिल्ममा फर्किएकी थिइन् ।
कोरोना महामारीका कारण शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरेपछि यसअघि उनको शल्यक्रिया रोकिएको थियो ।