नायिका सुरविना कार्की पनि लामो समयदेखि चलचित्रको अफर कुरिरहेकी थिइन् । मुम्बईमा केही समय बसेर बलिउडमा जम्ने कोशिशमा लागेपनि उनी सफल हुन सकिनन् । फाट्टफुट्ट म्युजिक भिडियोमा काम गर्नुबाहेक सुरविनासँग अरु खासै काम थिएन ।
अब, उनै सुरविना कार्की कलाकार तथा निर्माता नवल खड्काले बनाउन लागेको चलचित्र ‘काँडेतार’मा अनुवन्धित भएकी छिन् । सुरविनालाई यो चलचित्रले केही राहत भने दिएको छ । किनकी, चलचित्र नै नभएर यसै बसिरहेकी सुरविनाले अब एक्सन र कटमा रमाउन पाउनेछिन् ।
यो चलचित्रमा नवलले नायिका रेविका गुरुङलाई पनि अनुवन्धित गरेका छन् । सुरविना र रेविका दुबै चलचित्र क्षेत्रमा भविष्य खोजिरहेका छन् । उसो त, नवलले यो चलचित्र बनाउने भनेको लामै समय भैसकेको छ । तर, नवलको योजना फेसबुकमा मात्र सिमित छ । तर, उनी केही दिनयता भने कलाकारलाई संझौता गर्नमा व्यस्त छन् ।