जापानको टोकियोमा आइतबार साँझ सम्पन्न ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’मा वरिष्ठ कलाकार मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य लाई सम्मान दिइएको हो ।
क्याप्टेन तथा कलाकार विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान २०१९’ गरिएको कार्यक्रममा चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मण सुवेदी सम्मानित भए । उनलाई नगद २५ हजार जापनिज रुपैयाँ सहितको पुरस्कार प्रदान गरियो । कार्यक्रममा निर्देशक तथा वरिष्ठ कलाकर नीर विक्रम शाह ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भए ।
अवार्डका लागि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, विजय लामा, अनमोल केसी, भुवन केसी, सरिता लामिछाने, ऋषि लामिछाने, समीर बलामी, मिरा स्याम्बो, साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, स्वेता खड्का, दिपा श्री निरौला, राजश पायल राई लगायत ५३ जनाको कलाकार टोली जापान पुगेको थियो ।
नेपाली कलाकर्मीलाई अवार्ड समेत प्रदान गरिएको कार्यक्रममा अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, फिल्म छक्का पञ्जा ३, निर्देशक दीपाश्री निरौला, अभिनेत्री बर्षा राउत, बुद्वी तामाङ, मन्जु पौडेल, कुलेन्द्र बिक, सञ्जिब पाराजुली, टिका प्रसाई, राजेश पायल राई, मेलिना राई, विपिन कार्की , नम्रता श्रेष्ठ, दिपेन्द्र लामा लगायतले अवार्ड प्राप्त गरे ।